
फाइल फोटो
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सम्पूर्ण कार्यकर्तालाई गम्भीर भई पार्टीको पक्षमा उभिन आग्रह गर्नुभएको छ ।
अखिल नेपाल महिला सङ्घको जारी पहिलो सचिवालय बैठकमा भर्चुअल सम्बोधन गर्नुहुँदै अध्यक्ष ओलीले केही दिनअघि माधव नेपालले महाराजधिराजबाट ‘माफी हुने भएछ भन्ने गरेको टिप्पणीपछि आज उहाँले आफूले नभई पार्टीले माफी दिने जवाफ दिनुभएको हो ।
उहाँले पार्टी विरोधी चक्रव्युबाट नेता कार्यकर्ता बाहिरा निस्किए पार्टीले माफी दिने प्रस्ट पार्नुभयो ।
निवर्तमान प्रधानमन्त्री समेत रहनुभएका अध्यक्ष ओलीले पार्टीका वरिष्ठ नेता माधव नेपाल पक्षधर सांसद तथा नेतालाई सङ्केत गर्दै पार्टीले क्षमा गर्ने भएकाले अब गल्ती नगर्न समेत अनुरोध गर्नुभयो ।