१५ चैत्र २०८०, बिहीबार

प्रशिक्षकको राजीनामा फेसबुकबाट थाहा भयो, अध्ययन गर्दैछौं: एन्फा

60fd0b6b409fd coach

राष्ट्रिय टिमका प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले सामाजिक सञ्जालमार्फत राजीनामाको घोषणा गरेपछि अखिल नेपाल फुटबल संघ (एन्फा) अनौपचारिक छलफलमा जुटेको छ । एन्फाका प्रवक्ता किरण राईले एन्फालाई औपचारिक राजीनामा भने आइनसकेको बताए ।

नेपाल प्रेससँग उनले भने, ‘उहाँले आफ्नो सामाजिक सञ्जालमा राख्नुभएको छ, हामीले देखेको त्यही नै हो । उहाँले लिखितरूपमा केही बुझाउनुभएको छैन । हामी यस विषयमा बुझिरहेका छौं ।’

प्रशिक्षकले एन्फामा यसअघि कुनै विषयमा असन्तुष्टि जनाउनुभएको थियो कि भन्ने प्रश्नमा प्रवक्ता राईले भने, ‘अहिलेलाई उहाँले जे पोष्ट गर्नुभयो त्यति नै गरौं । असन्तुष्टिको विषय त उहाँले आफ्नै पोष्टमा लेख्नुभएको छ नि ।’

उनले एन्फाका उपलब्ध पदाधिकारीहरूले अनौपचारिक छलफल गरिरहेको बताए । औपचारिक राजीनामा आएपछि आवश्यक निर्णय लिने उनको भनाइ छ ।