१४ बैशाख २०८१, शुक्रबार

फुटबलका प्रमुख प्रशिक्षक अलमुतैरीद्वारा राजीनामाको घोषणा

60fd0b6b409fd coach

राष्ट्रिय फुटबल टोलीका प्रमुख प्रशिक्षक अब्दुल्लाह अलमुतैरीले राजीनामाको घोषणा गर्नुभएको छ । उहाँले सामाजिक सञ्जाल फेसबुकमा आफू राजीनामा गर्न लागेको खुलाउनुभएको हो ।

अखिल नेपाल फुटबल सङ्घ(एन्फा)का वरिष्ठ उपाध्यक्षको कारण आफू राजीनामा गर्न लागेको उहाँले बताउनुभएको छ । उहाँले गएको तीन साता वरिष्ठ उपाध्यक्षले प्रत्येक दिन आफूकहाँ नाटक गरेको आरोप लगाउनुभएको छ ।
एन्फाका प्रवक्ता किरण राईले प्रशिक्षक अलमुतैरीको राजीनामा नआएको बताउनुभयो । उहाँले प्रमुख प्रशिक्षक अलमुतैरीको घोषणा सम्बन्धमा नै छलफलमा रहेको उल्लेख गर्नुभएको छ ।

अलमुतैरीलाई अखिल नेपाल फुटबल सङ्घ(एन्फा)ले गत् अप्रिल पहिलो साता एक वर्षे सम्झौता गर्दै राष्ट्रिय फुटबल टोलीका प्रमुख प्रशिक्षक नियुक्त गरेको थियो । अलमुतैरी एसियाली फुटबल सङ्घ(एएफसी)को ब्यवसायिक प्रशिक्षकलाई निर्देशकको अनुमति प्राप्त गरेका प्रशिक्षक हुनुहुन्छ ।

अलमुतैरीको प्रशिक्षणमा नेपालले विश्वकप फुटबल २०२२ र एएफसी फुटबल २०२३ को छनेट खेलेको छ । त्यसैगरी, प्रशिक्षक अलमुतैरीकै प्रशिक्षणमा नेपालले इराकविरुद्ध मैत्रीपूर्ण खेल खेलेको थियो । फुटबल विश्वकप २०२२ को छनाेट अन्तर्गतको दोस्रो चरणको खेलमा नेपालले चाइनिज ताइपेई अतिरिक्त अष्ट्रेलिया र जोर्डनविरुद्ध हार बेहोरे पनि सुधारिएको प्रदर्शन गरेको थियो ।