१३ बैशाख २०८१, बिहीबार

जसपा यादव समूहका सांसद र कार्यकारिणी सदस्यलाई आज प्रशिक्षण दिइँदै

jasapa

जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादव पक्षले आइतबार आफ्नो सांसद र कार्यकारिणी समितिका सदस्यहरुलाई प्रशिक्षण दिने भएको छ ।

जसपाका कार्यकारिणी सदस्य एवं सांसद मोहम्मद इस्तियाक राईले प्रशिक्षण कार्यक्रम केहि बेरमा शुरु हुने बताउनुभयो । ‘यसका लागि जसपाको केन्द्रीय कार्यालय बालकुमारी सबै सांसद र कार्यकारिणी समितिका सदस्यलाई उपस्थित हुन भनिएको छ,’ उहाँले भन्नुभयो । तर,पार्टी कार्यालयमा सबै जना नअट्ने भएका कारण सामाजिक दूरी कायम गरी अर्को स्थानको खोजी भइरहेको समेत उहाँले जानकारी दिनुभयाे ।

शनिबार बसेको कार्यकासरणी बैठकको निर्णय अनुसार आज समसामयिक राजनीतिक सम्बन्धमा प्रशिक्षण दिन लागेको उहाँको बताउनुभयो । बैठकमा संसदीय दलको विधान अनुमोदन सम्बन्धमा, संसदीय दलको निर्वाचन गराउन निर्वाचन समिति गठन सम्बन्धमा, प्रशिक्षण अभिमुखीकरण सम्बन्धमा, अदालत र निर्वाचन आयोगमा मुद्दाबारे अख्तियारी दिने सम्बन्ध लगायत विषयमा छलफल भएको थियो ।

यसबारे आजको प्रशिक्षण कार्यक्रममा सांसद र कार्यकारिणी सदस्यहरुसँग सुझाव लिने पनि उहाँले बताउनुभयो । पार्टीको आधिकारिकताको विषयलाई लिएर अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवबीच विवाद छ ।

जसपाको आधिकारिकता निरुपण गर्न निर्वाचन आयोगले दुवै पक्षका कार्यकारी सदस्यहरुलाई सोमबार आयोगमा उपस्थित हुन बोलाएको छ । साउन ११ गते सोमबार बिहान ११ बजे आयोगले नागरिकतासहित दुवै पक्षका कार्यकारी सदस्यलाई उपस्थित हुन भनेको थियो ।