१२ बैशाख २०८१, बुधबार

झापामा स्रोत नखुलेको ४० लाख रुपैयाँसहित एक जना पक्राउ

Nepal police

झापामा स्रोत नखुलेको ४० लाखभन्दा बढी रुपैयाँसहित एक जना पक्राउ परेका छन् ।

भारतबाट लुकाई छिपाइ ल्याउँदै गरेको अवस्थामा आज दिउँसो सीमावर्ती झापा गाउँपालिका वडा नं २ बेलाई तिवारीमा चेकजाँचका क्रममा सोही ठाउँका ५० वर्षीय गौरी मण्डललाई स्रोत खुलाउन नसकेको ४० लाख ३७ हजार ६ सय ७० नेपाली रुपैयाँ सहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

घटना सम्बन्धमा थप अनुसन्धानका लागि मण्डलाई जिल्ला प्रहरी कार्यालयमा राखिएको प्रवक्ता डिएसपी राकेश थापाले जानकारी दिनुभयो ।