१६ चैत्र २०८०, शुक्रबार

प्रचण्ड र माधव नेपालबीच भेटवार्ता : ओलीलाई महाराज भनेकोमा प्रचण्डले दिए धन्यवाद

prachanda madav

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता भएको छ ।

प्रचण्ड नेपाललाई भेट्न कोटेश्वर पुगेका छन् । माधव नेपालनिवास कोटेश्वरमा दुई नेताबीच सत्तारुढ गठबन्धनलाई कायमै राख्ने बारेमा छलफल भएको बताइएको छ । नेपाललाई भेटेर पेरिसडाँडास्थित केन्द्रीय कार्यालय पुगेका अध्यक्ष प्रचण्डले गठबन्धन भत्किन नदिन प्रयास भइरहेको बताए ।

प्रचण्डले माधव नेपाल समूहसँग आफ्नो भावनात्मक सम्बन्ध रहेको भन्दै चाँडै केपी ओलीलाई एमालेहरुले चिन्ने र माधव नेपालकै नेतृत्वमा एमाले आउने दावी गरेका छन् ।

माधव नेपालसँगको भेटमा प्रचण्डले शुक्रबारको भाषणका लागि ‘धन्यवाद’ दिएका छन् । केपी ओलीलाई महाराज भनेकोमा आफूले धन्यवाद दिएको प्रचण्डले बताए ।

प्रचण्डले भने– हिजो माधवजीले सही भन्नुभयो । महाराजाधिराजले आममाफी दिनुभयो हामी नाच्ने हो कि कति मज्जाले भन्नुभयो । बडो सुन्दर व्यंग्यको लागि मैले आज माधवजीलाई भेटेर धन्यवाद पनि दिएँ । गठबन्धन जोगाउन हामी प्रयासमै छौं ।