
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्ना पार्टीका ४९ जनाले नै मन्त्री बन्न खोजेपछि तनावमा परेको बताएका छन्।
सत्तारुढ गठबन्धन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले मन्त्रीको नाम टुंगो लगाउन सकस भइरहेको बताएका छन् ।
नेपाल कम्युनिष्ट पार्टीका संस्थापक कमरेड नरबहादुर कर्माचार्याको ८ औं स्मृति दिवसमा पार्टी कार्यालय, पेरिसडाँडामा आज (शनिबार) आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
प्रधानमन्त्री शेरबहादुर देउवाले साउन ३ गते विश्वासको मत प्राप्त गरेपछि मन्त्रिपरिषद् विस्तार गर्ने तयारी भइरहेका बेला गठबन्धन दलका अध्यक्ष दाहालले आफ्नो पार्टीका सबै सांसदले मन्त्री बनाउन भन्दै दबाब दिइरहेको बताएका हुन् ।
कार्यक्रममा बोल्दै उनले भने,‘मन्त्री बन्न मकहाँ दबाब दिन मान्छेहरुको हुल भित्रबाट आएको छ । आतंक छ मेरो दिमागमा, कसलाई मन्त्री बनाउने , कसलाई नबनाउने भनेर । हाम्रो ४९ जना सांसद सबैलाई मन्त्री चाहिएको छ ।

हामीले पाउने भनेको बढिमा ७ वटा मन्त्रालय हो । यहाँ मन्त्री नभयो भने चाहीँ नेतृत्वलाई सरापेर हिँड्ने, मन्त्री पायो भनेमात्रै गर्ने प्रवृत्ति चाहीँ जबरजस्त छ । यहाँ ठूलै नियुक्ती पायो भने ठिक छ । पाएन भने चाहीँ नेतृत्व चाहीँ बदमासै हो भन्ने परिपाटी छ ।’
चार पाँच दिनदेखि आफू एक खालको मानसिक तनावभित्र रहेको पनि दाहालको भनाई छ । ‘४/५ दिनदेखि मानसिक तनावमा छु म, सबै ४९ जनालाई नै मन्त्री बनाउन मिले त बनाइदिनु हुन्थ्यो’ उनले भने, ‘कुरा आदर्शको गर्ने तर चित्त चाँहि मन्त्री पाइन्छ किचार पाँच दिनदेखि आफू एक खालको मानसिक तनावभित्र रहेको पनि दाहालको भनाई छ ।
उनले भने,‘सबैलाई बनाउन त मन लागेको थियो नि । सबै ४९ जनालाई मन्त्री बनाईदिन पाए हुन्थ्यो नि । त्यो त हुँदैन फेरि । यसबाट के देखिन्छ भने हामी आदर्शको ठूला ठूला कुरा गर्ने, हामी सबैले भन्ने, तर चित्त चाहीँ के छ भने मन्त्री पाईन्छ कि पाईँदैन् ?’