१४ बैशाख २०८१, शुक्रबार

दिपक मनाङेलाई पाचौं वरियता, कसले पाए कुन मन्त्रालय ?

gandaki

गण्डकी प्रदेश सरकार गठन भएको डेढ महिनापछि पूर्णता पाएको छ । शुक्रबार प्रदेश सरकारका ११ वटै मन्त्रालयमा मन्त्री नियुक्त गरी मन्त्रिपरिषद्लाई पूर्णता दिइएको हो ।

असन्तुष्टिका बाबजुद मुख्यमन्त्री कृष्णचन्द्र नेपालीले मन्त्रिमण्डल विस्तार गरेका छन् । आज उनले मन्त्रिमण्डल विस्तार गराएपछि प्रदेश प्रमुख सीता पौडेलले नवनियुक्त ६ जना मन्त्रीलाई सपथ समेत गराएकी छिन् ।

नवनियुक्त मन्त्रीहरुमा काँग्रेसबाट कुमार खड्का भौतिक पूर्वाधार, विन्दुकुमार थापा आन्तरिक मामला, मेषलाल श्रेष्ठ शिक्षा र मणिभद्र शर्मा आपूर्तिमन्त्री छन् । कुमार खड्काले मुख्यमन्त्री नेपालीपछिको वरियता पाएका छन् ।

माओवादी केन्द्रबाट रामजी बरालले अर्थ, दिपक चर्ती मगरले वन, चन्द्रबहादुर बुढाले भूमि व्यवस्थाको जिम्मेवारी पाएका छन् ।

जसपाले थप एक मन्त्रालय मागेकोमा पाउन सकेन । उसले सपथ कार्यक्रम नै बहिष्कार गरेको छ ।

यसअघि नै सामाजिक विकासमा कुमार खड्का, युवा मन्त्रालयमा राजीव गुरुङ अर्थात् दिपक मनाङे, स्वास्थ्यमन्त्रीमा मधुमाया अधिकारी र ऊर्जामा हरिशरण आचार्य छन् । आचार्य जसपाका हुन् ।

अब गण्डकी प्रदेशको मन्त्रिमण्डलमा दिपक मनाङे वरियतामा पाचौं नम्बरमा परेका छन् । उनी स्वतन्त्र सांसद हुन् । मनाङेले अन्तिम समयमा साथ दिएपछि नेपाली मुख्यमन्त्री बनेका थिए ।

gandaki pradesh mantrimandal 69