१२ बैशाख २०८१, बुधबार

राजीनामा फिर्ता लिए एमाले नेता भिम रावलले

BHIM RAWAL 12 20210330182219
फाइल फोटो

एमाले नेता भीम रावलले प्रतिनिधिसभा सदस्य पदबाट दिएको राजीनामा फिर्ता लिनु भएको छ ।

शुक्रबार सिंहदरबारस्थित संसद सचिवालयमा सभामुख अग्नि सापकोटालाई भेटेर उहाँले राजीनामा फिर्ता लिनु भएको हो । अछाम क्षेत्र नम्बर १ बाट निर्वाचित हुनुभएका रावलले साउन ३ गते राजीनामा दिएको घोषणा गर्नुभएको थियो । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले धारा ७६ (५) अनुसार प्रधानमन्त्रीमा दावी पेश गर्दा भीम रावलसहित एमालेका २६ सांसदले समर्थन गरेका थिए ।

सर्वोच्च अदालतको आदेशमा देउवा प्रधानमन्त्री नियुक्त भएर विश्वासको मत लिने दिन रावलले राजीनामाको घोषण गर्नुभएको थियो । रावल पार्टी एकताका लागि गठन भएको कार्यदलमा खनाल–नेपाल पक्षको संयोजक रहनुभएको थियो ।