१५ चैत्र २०८०, बिहीबार

एक हजार नौ सय ८२ जनामा सङ्क्रमण पुष्टि, एक हजार ६७८ जना कोरोना सङ्क्रमित निको

60f7fc3acce91 fdrd

पछिल्लो २४ घण्टामा एक हजार ९८२ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको १३ हजार ६९८ आरटी पिसिआर परीक्षणमा सो सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो ।

यस्तै, तीन हजार ६१० जनामा गरिएको एन्टिजेन परीक्षणमा ९९५ जनामा सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा एक हजार ६७८ जना कोरोना सङ्क्रमित निको भएका छन् । सङ्क्रमणका कारण १८ जनाको मृत्यु भएको छ । योसँगै नौ हजार ६७९ जनाको मृत्यु भैसकेको छ । अहिलेसम्म ९४.६ प्रतिशत सङ्क्रमणमुक्त भएका छन् ।