
पार्टीले संघीय सरकारको नेतृत्व गरेपछि महोत्तरी आएका नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिको स्वागतमा सयौं सवारीसाधन लस्कर लागेका छन् । निधिको स्वागतमा ‘फिल्मको झल्को दिने गरी’ स्थानीय नेता–कार्यकर्ताले स्वागत गरेका हुन् ।

उपसभापति निधिलाई स्वागत गर्न सयौं सवारीसाधन लिएर कार्यकर्ता बर्दिबास पुगेका थिए । मोटरसाइकल र चारपाङ्ग्रे सवारीको लावालस्करले पूर्वपश्चिम राजमार्ग नै अवरुद्ध बनेको थियो । उनको स्वागतका लागि ठाउँ–ठाउँमा स्वागतद्वार निर्माण गरिएको छ ।
२०७४ सालको प्रतिनिधिसभा चुनावमा पराजित भएयता उनी काठमाडौंबाट जनकपुरको यात्रामा आउँदा यस्तो भव्य स्वागत भएको थिएन । उनलाई स्वागत गर्न कांग्रेसबाट प्रदेश २ का भौतिक पूर्वाधार विकासमन्त्री रामसरोज यादव पनि पुगेका थिए ।
