७ बैशाख २०८१, शुक्रबार

धनगढीमा जमेको पानी निकास गर्न खोजेपछि स्थानीयद्धारा प्रहरीमाथि ढुंङ्गामुढा, १० प्रहरी घाइते

paani jhadap 20210720183856

धनगढी उपमहानगरपालिकामा जमेको पानी निकास गर्न प्रहरीले बल प्रयोग गरेपछि मंगलबार पनि तनाव सिर्जना भएको छ ।

उपमहानगरपालिका–३ को हाटबजार, विद्युत कार्यालयलगायतका क्षेत्रमा जमेको पानी निकास गर्न कल्भर्ट खोल्दा वडा नम्बर २ का स्थानीयले विरोध गरेपछि प्रहरीले बल प्रयोग गर्दा तनाव सर्जिना भएको हो ।

झडपमा ४ जना प्रहरी जवान र ६ जना सशस्त्र प्रहरी घाइते भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ ।

उपमहानगरपालिका-३ को हाटबजार, विद्युत् कार्यालय लगायतका क्षेत्रमा जमेको पानी निकास गर्न कल्भर्ट खोल्दा वडा नम्बर २ का स्थानीयसँग प्रहरीको झडप भएको थियो ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी उपरीक्षक विश्व अधिकारीले मोहनापुुल–अत्तरिया ६ लेन सडकमा निर्माण गरिएको कल्भर्ट खोलेर पानी निकास गरिएको बताए। उनले सो क्रममा प्रहरीमाथि ढुंङ्गामुढा भएपछि केही सेल अश्रुग्यास प्रहार गरिएको बताए। सोमबार पनि प्रहरीले बल प्रयोग गरेर कल्भर्ट खोलेको थियो ।

वडा नम्बर २ का बासिन्दाले डुबानमा पार्ने भन्दै कल्भर्टमा पानी बन्द गरेका थिए । पानी निकास नहुँदा ३ नम्बर वडा डुबानमा पर्ने गरेको थियो । पानी धेरै जमेर बिद्युत् गृहमा नै क्षति हुन थालेपछि बल प्रयोग गर्नुपरेको प्रहरीले जनाएको छ।
यस अघि सोमबार पनि प्रहरले कल्भर्ट खोलेका थिए । स्थानीयले पुन बन्द गरेपछि मंगलबार झडप भएको हो ।