१५ चैत्र २०८०, बिहीबार

चार वटा क्लबको ‘ए डिभिजन लीग’ फूटबल रोक्न माग

Anfa Gyapan Patra

ललितपुरका चार वटा क्लबले असोज ३ गतेदेखि गर्ने भनिएको सहिद स्मारक ए डिभिजन लीग रोक्न माग गरेका छन् ।

जावलाखेल युथ क्लबका अध्यक्ष महेन्द्र क्षेत्री, फ्रेन्ड्स क्लबका अध्यक्ष दीपक थापा, थ्री स्टार क्लबका महासचिव सन्जिव शिल्पकार र ब्रिगेड ब्वाइज क्लबका अध्यक्ष लालकुमार पुनले लीग रोक्न माग गर्दै आज एन्फामा पत्र बुझाएका हुन् ।

एन्फा महासचिव इन्द्रमान तुलाधरलाई पत्र बुझाउँदै चार क्लबले अहिले कोरोना महामारीको अवस्थामा लीग गराउनु खेलाडी, प्रशिक्षक, अफिसियल र पदाधिकारी तथा उनीहरुको परिवारका लागि जोखिमपूर्ण हुने तर्क गरेका छन् ।

कोरोना संक्रमण दरमा अत्याधिक कमि आइसकेपछि मात्र लिग संचालन गर्नुपर्ने चार क्लवको सुझाव छ । त्यस्तै, पत्रमा एन्फाले एकपक्षिय रुपमा लिगको मिति घोषणा गरेको भन्दै असन्तुष्टि जनाइएको छ ।

साथै उनीहरुले सबै सबै क्लबको बैठक बोलाउन पनि माग गरेका छन् । असार १४ गते बसेको एन्फा र ए डिभिजन क्लबहरुको संयुक्त बैठकको निर्णय विपरित साउन १० गते भित्र क्लब दर्ता गराउन एन्फाले दिएको निर्देशनमा ति चार क्लबले विमती राखेका छन् ।

एन्फा र क्लबबीचको सहमति विपरित एक पक्षिय रुपमा पत्र पठाएको भन्दै उनीहरुले छिट्टै ए डिभिजन क्लबहरुको बैठक बोलाउन आग्रह गरेका छन् । ४ क्लबको संयुक्त माग पछि लिग समयमै हुनेमा आशंका गरिएको छ ।