८ बैशाख २०८१, शनिबार

गुमाए सन्दीप लामिछानेले दी हन्ड्रेड क्रिकेट प्रतियोगिता

lamichhane
फाइल फोटो

नेपाली लेग स्पिनर सन्दीप लामिछानेले इंगल्याण्डको क्रिकेट लिग दी हन्ड्रेड खेल्न नपाउने भएका छन् ।

इङ्ल्याण्ड र वेल्स क्रिकेट बोर्डको आयोजनामा हुने द हन्ड्रेड लीगमा नेपाली खेलाडी सन्दीप लामिछानेले खेल्न नपाउने भएका हुन् ।

इंगल्याण्ड क्रिकेट बोर्डले आफ्नो भिसालाई मान्यता नदिएको र देश छाड्न आग्रह गरेको सन्दीपले फेसबुकमा लेखेका छन् ।

सन्दीप आज वा भाेलिमा नेपाल फर्कने उनका म्यानेजर रमन शिवाकोटीले बताए । ‘त्यसका लागि टिकट मिलाउन प्रयास गर्दैछाैँ’ उनले भने ।

तर उनले लिएको टियर पाँच भिसाका कारण प्रतियोगिता खेल्न पाउने सम्भावना न्यून बनेको खेलकुद सम्बन्धी अन्तराष्ट्रिय संचार माध्यमले जनाएका छन् ।

Capture 2