१५ बैशाख २०८१, शनिबार

‘कुकुर लिएर ‘बाँदर धपाउन आउनु ’

monkey aatank
फाइल फोटो

सिन्धुपाल्चोक, बाँदर नियन्त्रणका लागि पाँच पोखरी थाङपाल गाउँपालिका–३ भोताङले ‘बाँदर धपाआँै बालिनाली बचाऔँ’ अभियान सुरुआत गर्ने भएको छ । यसका हरेक घरधुरीबाट एक जना सहित कुकुर पनि लिएर आउन अनुरोध गरिएको छ ।

वडा कार्यालयले आज एक सूचना जारी गर्दै बाँदर धपाउने कार्यमा सहयोग गर्न आग्रह समेत गरेको छ । वडाका विभिन्न टोलबाट बाँदरले बालिनाली पूर्ण रुपमा नष्ट गरेको भन्ने गुनासो आएकोले अभियान सुरु गरिएको वडाध्यक्ष ङिमाछिरिङ तामाङले जानकारी दिनुभयो ।

बाँदर नियन्त्रणका लागि एक पटक अभ्यास गर्न लागिएको उहाँले जानकारी दिनुभयो । बाँदर धपाउन केन्द्र तथा प्रदेश सरकारले दीर्घकालीन उपाय खोज्नुपर्नेमा उहाँले जोड दिनुभयो ।