१६ चैत्र २०८०, शुक्रबार

करिश्मा मानन्धरको होलिको खर्च स्वर्गिय केशबको परिवारलाई सहयोग

krisma mannandhar

प्रत्येक वर्ष होलिमा गोदावरी स्थित करिश्मा र बिनोद मानन्धरको घरमा होलि को विशेष माहोल हुने गर्छ ।

उक्त कार्यक्रममा नेपाली फिल्म संग सम्बन्धित धेरै मानिसहरुले सहभागिता जनाउने गर्छन् । तर यस पटक भने करिश्मा र बिनोदको घरमा होलिको कार्यक्रम नगरिने भएको छ ।

करिश्माको अनुसार कोरोना भाइरस सङ्क्रमणको उच्च जोखिमलाई ध्यानमा राखेर यस पटक होलि नगरिने निधो गरिएको बताइएको छ । साथै करिश्मा र बिनोदले होलीमा खर्च हुने रकम रु. १ लाख १ सय १ रुपैँया स्वर्गीय केशवराज भट्टराईको परिवारलाई सहयोग गरेका छन् ।

उक्त रकम दीपाश्री निरौलालाई हस्तान्तरण गरिएको हो । दीपाश्री निरौलाले करिश्मा र बिनोदको उक्त कदमको लागि आभार ब्यक्त गरेकी छिन् ।

निर्माता तथा चलचचित्र बिकास बोर्डका अध्यक्ष केशब भट्टराइको असमाहिक निधन भएपछि उनको परिवार आर्थिक समस्या भोगीरहेका कारण अन्य नेपाली फिल्मकर्मिहरुले समेत सहयोग गरिरहेका छन ।