८ बैशाख २०८१, शनिबार

फिल्म प्रेमगीत ३ को एक्सनप्याड टिजर सार्वजनिक

pregeet 3

यस बर्षको बहुप्रतिक्षित मध्येको एक प्रतीक्षारत फिल्म प्रेम गीत ३ टिजर सार्वजनिक गरिएको छ । सार्वजनिक टिजरमा फिल्मका मुख्य कलाकारहरलाइ देखाइएको छ साथै टिजरमा निकै राम्रो बन्नुका साथै अभिनेता प्रदिप खडकालाइ एक्सन अबतारमा देखाइएको छ ।

साथै फिल्मका निर्माण टिमले सोमबार कलाकार पुस्कर कार्कीको क्यारेक्टर पोष्टर सार्वजनिक गरेको थियो । भने मँगलबार कलाकार जिवन भट्टराइको क्यारेक्टर पोस्टर सार्वजनिक गरेका छ । दुबै फिल्मको मुख्य कलाकार हुन । यस अघि निर्माण टिमले अन्य कलाकारको समेत क्यारेक्टर पोस्टर सार्वजनिक गर्दे आइरहेको छ ।

छेतेन गुरुङ र सन्तोष सेनको सयुक्त निर्देशनमा बनेकोे फिल्ममा प्रदीप खड्का, क्रिस्टिना गुरुङ, मनिष राउत, शिव श्रेष्ठ, सुनिल थापा, सन्तोष सेन, माओत्से गुरुङ, पुस्कर कार्की, प्रेम पुरी, लक्ष्मी वर्देवा, अनुभव रेग्मी, योगिशा खत्री, सम्वृद्धि शाही ठकुरी, क्रिजन गौतम, जीवन बराल, जीवन भट्टराई, सुजल बस्नेत लगायतका कलाकारको अभिनय रहेको छ ।

आसुशेन फिल्मस् प्रोडक्सनको ब्यानरमा बनेको फिल्मको निर्मातामा सन्तोश सेन सह निर्मातामा कुमार शान शाह र ओ एस आर डिजिटल कार्यकारी निर्मातामा चक्र बहादुर चन्द र डम्बर बिक्रम सेनको रहेको छ । चैत २८ मा प्रदर्शन हुने यस फिल्मको सार्वजनिक २ गीतले चर्चा पाइसकेको छ । दुइ सय बर्ष पुरानो प्रेमकथामा बनेको फिल्मको सँगितमा कल्याण सिंह र एलिश कार्की छायाँकनमा राजेश श्रेष्ठ एक्सनमा हिमाल केसी कोरियोग्राफरमा कविराज गहतराजको र सम्पादनमा बनिश शाह र भुपेन्द्र अधिकारीको रहेको छ ।