७ बैशाख २०८१, शुक्रबार

पार्टीका बैठक प्रधानमन्त्री देउवाले बालुवाटारमा नराख्ने

congress met baluwatar JgRQiqHZ5w
फाइल फोटो

प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सरकारी निवास बालुवाटारमा पार्टीका कुनै पनि बैठक नराख्ने बताउनुभएको छ ।

पार्टी कार्यालय सानेपामा अनशनरत नेताहरूका कारण केही बैठक बालुवाटारमा राखिसक्नुभएका देउवाले आगामी दिनमा पार्टीसँग सम्बन्धित बैठक बालुवाटारमा नराख्ने प्रतिबद्धता जनाउनुभएको काँग्रेस नेता गगन थापाले जानकारी दिनुभयो ।

थापाले सामाजिक सञ्जाल ट्विटरमा लेख्नुभएको छ, प्रम शेरबहादुर देउवालाई बालुवाटारमा पार्टीको कुनै पनि बैठक नराख्न अनुरोध गरेका छौँ ।

उहाँले ‘पार्टी कार्यालयमा धर्ना भएको कारणले यो पटक बालुवाटारमा भएको हो, तर जे भए पनि अबदेखि त्यस्तो हुने छैन र गरिन्नँ’भन्ने विश्वास दिलाउनु भएको छ।’

नेता थापाले यो विश्वासलाई कायम राखिदिनका लागि पनि देउवासँग अनुरोध गर्नुभएको छ ।