१६ चैत्र २०८०, शुक्रबार

एमाले भित्रकै विवादले देश संकट आइपरेको होः बाबुराम भट्टराई

Baburam Bhattarai

जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले आफ्नो पार्टीभित्रको विवादका कारण देशमा संकट आइलागेको बताएका छन् । वैकल्पिक सरकार गठन गर्ने बेलामा जनता समाजवादी पार्टी विभाजित हुँदा अरु पार्टीमा पनि समस्या देखिएको भन्दै उनले बताए ।

‘हामी अभागीलाई खाने बेलामा रिस उठ्यो,’ उनले भने, ‘हामी एकढिक्का भएको भए हामी जनता समाजवादी पार्टी आफैंले निकास दिन सक्थ्यौं, हामी आपसमा झगडा गर्न थाल्यौं, फेरि हाम्रा साथीहरु ठीक ठाउँमा आउनुभयो ।’