
प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का सचिव प्रदीप ज्ञवालीले प्रधानमन्त्री शेरबहादुर देउवा श्रीमान ५ बाट प्रधानमन्त्री नियुक्त भएको टिप्पणी गरेका छन् ।
ज्ञवालीले निर्दलीय व्यवस्था ब्यूँताएर शेरबहादुर देउवा प्रधानमन्त्री बनेको आरोप लगाएका छन् । देउवा पहिले श्री ५ र अहिले श्रीमानको आदेशमा प्रधानमन्त्री बनेको भन्दै कटाक्ष गर्नुभयो । देउवाबाट लोकतन्त्रलाई खतरा रहेको ज्ञवालीको आरोप छ ।
विश्वासको मत लिने प्रधानमन्त्री देउवाको प्रस्तावमाथि संसदमा भएको छलफलमा भाग लिँदै ज्ञवालीले ०६१ मा श्री ५ बाट प्रधानमन्त्री भएका देउवा अहिले सर्वोच्च अदालतका ५ न्यायाधीशबाट प्रधानमन्त्री बनेको बताएका हुन् ।
उनले सो क्रममा प्रधानमन्त्री देउवालाई विश्वासको मत दिन नसकिने प्रष्ट पारेका छन् । अदालतले संविधान संशोधन गरेको उनले आरोप समेत लगाए।