१५ चैत्र २०८०, बिहीबार

भीम रावलको सांसद पदबाट राजीनामा उच्च राजनीतिक संस्कार र नैतिकता प्रदर्शन: कमल थापा

kamal

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले सांसद पदबाट राजीनामा दिएर एमाले नेता भीम रावलले उच्च राजनीतिक संस्कार र नैतिकताको प्रदर्शन गरेको बताएका छन् ।

रावलको राजीनामा बारे ट्वीटरमा आफ्नो धारणा व्यक्त गर्दै थापाले राष्ट्रियता र प्रजातन्त्रको सवालमा पनि रावलको अडान प्रशंसनीय रहेको टिप्पणी गरेका छन्।

‘विद्यमान विकृत राजनीतिक परिवेशलाई दृष्टिगत गर्दै सांसद पदबाट राजीनामा दिएर उहाँले उच्च राजनीतिक संस्कार र नैतिकताको प्रदर्शन गर्नुभएको छ,’ उनको भनाइ छ, ‘विगतमा राष्ट्रियता र प्रजातन्त्रको सवालमा डा. रावलको अडान प्रशंसनीय रहेको छ। राजनीतिको शुद्धिकरणमा आगामी दिनमा उहाँका कदमलाई शुभकामना।’

शेरबहादुर देउवालाई विश्वासको मत दिनुअघि उनले राजीनामाको घोषणा गरेका थिए ।