१४ बैशाख २०८१, शुक्रबार

जयनगर-जनकपुर रेल्वे लिकको परीक्षण सफल, प्रतिघण्टा १२० किलोमिटर कुदेकोमा शंका

1610956613 jcewt

भारतको जयनगर–जनकपुरधाम (कुर्था) रेल्वे ट्रयाकको स्पिड परीक्षण र सर्टिफिकेसन गर्ने कार्य सम्पन्न गरिएको छ ।

आईतवार विहान जयनगरबाट आएको भारतीय रेल्वे ले जनकपुरधामको कुर्था स्थित मुख्य स्टेशन सम्म स्पिड परीक्षण र सर्टिफिकेसन गर्ने कार्य गरेको हो । आइतवार विहान भारतीय कोकर्ण कम्पनीका प्रतिनिधी तथा नेपालका महाप्रवन्धक गुरु भटराईले संयुक्तरुपमा निरिक्षण पश्चात जनकपुरधामको कुर्था रेल्वे स्टेशनमा पुजा समेत गरिएको थियो ।

स्पिड परिक्षण सम्वन्धि जानकारि दिदै रेल्वेका महाप्रवन्धक भटराईले भारतीय डव्लु डि एम थ्रीडी नामको इन्जिन तथा दुइवटा मालवाहक डव्वा सहित आएको ट्रेन आउने वेलामा ६० प्रतिकिलोमीटरको स्पिडमा आएको र फर्कनेबेलामा १२० को स्पिडमा फकर्ने वताए । उनले स्पिड चेकको क्रममा भारतीय रेल्वेका ड्राइभरलाई नेपालको रेल्वे टे«क सम्वन्धि ज्ञात नभएका कारण आउने समयमा ६० को स्पिडमा ल्याइएको र जाने बेलामा १२० को स्पिडमा लग्ने बताए । उनले लिकहरुको समय समयमा मरमम्त तथा पुलहरुको पनि सबै काम भइसकेकोले समस्या नरहेको वताए ।

यता सरकारले पटक पटक नेपालमा रेल चल्ने भनेर मिति किटान गरेपनि रेल्वे चल्न सकेको छैन । यस सम्वन्धमा महाप्रवन्धक भटराईले रेल नचल्नुमा राजनीतिक खिचातानी महत्वपुर्ण कारण रहेको वताए । तोकिएकै मितिमा रेल चलाउनका लागि सम्पुर्ण तयारीहरु गरिएपनि सरकार परिवर्तन भएको कारण रोकिएको वताए । वैशाख देखि नै तालिमको काम सुरु गरिएपनि कोरोना भाइरसको कारण केहि दिन रोकिएको र असार मसान्त सम्ममा रेल्वे संचालन गरिने लक्ष्यका साथ सम्पुर्ण तयारी गरेपनि सरकार परिवर्तन भएका कारण रेल्वे नचलेको वताए । अब चलाउनका लागि सरकार पुर्णरुपमा गठन भएपछि मन्त्रीस्तरिय छलफल पश्चात मात्र रेल्वे संचालन हुने वताए ।

पुर्वीक्षेत्रको स्थानियहरु तथा जनकपुरधाम लगायतका शहरका व्यपारीहरुको मुख्य यातायातको रुपमा रहेको नेपाल रेल्वेलाई निकै समय देखि पर्खेर वसेको छ । स्थानिय रामपुकार यादवका अनुसार रेल्वे संचालनले जनकपुरधामको आन्तरिक पर्यटनमा महत्वपुर्ण योगदान पुग्ने भएकोले रेल्वे संचालन छिटो भन्दा छिटो हुनुपर्ने आवश्यकता रहेको छ ।

जनकपुरधाम (कुर्था)–जयनगर रेल सञ्चालनका लागि रेल्वे ट्रयाक एकवर्ष अगाडी नै निर्माण पुरा भइसकेको छ । दुई सेट रेल पनि आएको ठिक १० महिना भइसक्यो । ०७७ आश्विन २ गते जनकपुरधाम रेल आउँदा स्थानीय उत्साहित बनेका थिए । तर रेल कहिले सञ्चालनमा आउने कुराको अझै टुङ्गो छैन ।