१५ बैशाख २०८१, शनिबार

प्रधानमन्त्री देउवालाई विश्वासको मत दिन सांसदहरुलाई एमालेका वरिष्ठ नेता खनालको अपील

Jhalanath Khanal

पूर्वप्रधानमन्त्री तथा एमालेका वरिष्ठ नेता झलनाथ खनालले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिन पार्टीका सांसदहरुलाई अपील गर्नुभएको छ ।

वक्तव्य जारी गर्दै खनालले आफ्नो मत पनि देउवा सरकारकै पक्षमा हुने स्पष्ट पारेका पार्नुभएको छ ।

यो सरकार संविधानको धारा ७६ को ५ बमोजिम बनेको र यसले ३० दिनभित्रमा विश्वासको मत नपाए मुलुकको स्थिति फेरी संकटग्रस्त हुने भन्दै खनालले कुनै पनि अलमल र आक्रोशबाट प्रभावित नभइकन देउवा सरकारलाई विश्वासको मत दिन एमालेका सासदहरुलाइ खनालले आग्रह गर्नुभएको छ ।

गत असार २७ गते सर्वोच्च अदालतको फैसलाले निकै लामो समयदेखि गलत बाटोमा गइरहेको नेपालको लोकतान्त्रिक आन्दोलनको प्रवाहलाई ठिक बाटोमा ल्याएको र संविधानको संरक्षण भएको पनि खनालले बताउनुभएको छ ।

सर्वोच्चको फैसला नेपालको संवैधानिक–राजनीतिक इतिहासमा ऐतिहासिक भएको खनालको भनाइ छ । खनालले अहिले भारतको नयाँ दिल्लीस्थित एपोलो अस्पतालमा उपचार गराइरहनुभएका छ ।

खनालले वक्तव्यमा आफ्नो स्वास्थ्यमा क्रमशः सुधार आइरहेको पनि जानकारी दिनुभएको छ ।