११ आश्विन २०७८, सोमबार

बर्दियामा बाघको आक्रमणबाट एक जनाको निधन

tiger
सांकेतिक तस्विर

पाटे बाघको आक्रमणमा परि बर्दियामा एक जनाको निधन भएको छ ।

बाघको आक्रमणबाट ठाकुरबाबा नगरपालिका वडा नम्बर ६ मोतिपुरका ७० वर्षीय गोरे थापाको मृत्यु भएको बर्दिया राष्ट्रिय निकुञ्जले जनाएको छ ।

हिजो भैंसी चराउन गएका थापा घर नफर्किएपछि खोजी गर्ने क्रममा आज विहान कालीगौडी बफरजोन सामुदायिक वनमा उहाँको शव भेटिएको हो । यो सहित बर्दियामा पाटेबाघको आक्रमणबाट एक वर्षभित्र १३ जनाको निधन भएको छ ।

निकुञ्ज प्रशासन र डिभिजन वन कार्यालयले बाघको जोखिम रहेको जंगल तथा सामुदायिक वन क्षेत्रमा प्रवेश नगर्न स्थानीयलाई पटक–पटक आग्रह गरे पनि आक्रमणका घटना दोहोरिरहेका छन् ।