१३ बैशाख २०८१, बिहीबार

प्रधानमन्त्री देउवालाई विश्वासको मत दिन एमाले नेतृ झाँक्रीको आग्रह

Ram Kumari Jhakri
फाइल फोटो

नेकपा एमाले नेतृ रामकुमारी झाँक्रीले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिन आग्रह गर्नुभएको छ । प्रधानमन्त्री देउवाले आज दिउँसो ४ बजे बस्न गइरहेको संघिय संसदमा विश्वासको मत लिन लाग्नुभएको हो । असार २८ गते सर्वोच्च अदालतले गरेको परमादेश अनुसारको प्रधानमन्त्रीलाई विश्वासको मत दिन आफूहरुको कर्तव्य भएको झाँक्रीको धारणा छ ।

‘सकिन्छ नेकपा एमालेले संस्थागत निर्णय गरी फ्लोरमा बसेर विश्वासको मतको पक्षमा भोट हालौँ । त्यसो गर्न सकिदैन भने सांसदहरूलाई संसदको पुरा कार्यकाल संचालन गर्न हामी सबैले विवेक प्रयोग गरी पक्षमा भोट हालौं। यदि त्यो पनि भएन भने हामी २३ जना निवेदककर्ताले भोट हाल्नु त हाम्रो कर्तव्य नै हो। हामीले विश्वासको मतको पक्षमा भोट हाल्नेछौं’, झाँक्रीले सामाजिक सञ्जालमा विश्वासको मतको पक्षमा यस्तो धारणा व्यक्त गर्नुभएको हो ।