१६ चैत्र २०८०, शुक्रबार

चितवनमा खेत जोत्दै गरेको ट्याक्टर पल्टिदा चालकको निधन

death

चितवनमा खेत जोत्ने क्रममा ट्याक्टर पल्टिदा एक जनाको मृत्यु भएको छ ।

भरतपुर महानगरपालिका–५ कैलाशनगरस्थित चन्द्र सिग्देलको खेत जोत्ने क्रममा आज विहान ८ बजे ट्याक्टर पल्टिएको थियो । ना ४ त ३१५२ नम्बरको ट्याक्टर पल्टिदा चालक स्थानीय ३४ वर्षीय ३४ वर्षीय सन्दीप मगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता सूर्यबहादुर थापाले जानकारी दिए ।

दुर्घटनामा गम्भिर घाइते भएका मगरको भरतपुर अस्पतालमा मृत्यु भएको हो । केहीदिन अगाडि पनि खेत जोत्ने क्रममा ट्याक्टर पल्टिदा एक जनाको मृत्यु भएको थियो ।