१३ बैशाख २०८१, बिहीबार

ट्याङकरको ठक्करबाट एक युवतीको निधन

bike acc

चितवनको खैरहनी नगरपालिका–८ स्थित पर्सा बजारमा सवारी दुर्घटना हुँदा एक युवतीको निधन भएको छ ।

पूर्वपश्चिम राजमार्ग अन्तरगत पर्सा बजारमा आज (शनिबार) अपरान्ह ५:५५ बजेको समयमा पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको ना ८ ख ३०२४ को तेल ट्याङ्करले विपरीत दिशाबाट आउँदै गरेको ना ४४ प ५१२२ को मोटरसाइकललाई ठक्कर दिएको हो ।

दुर्घटनामा परी मोटरसाइकलको पछाडी सवार खैरहनी नगरपालिका–१० की २३ वर्षीया सृजना चौधरीको मृत्यु भएको चितवन प्रहरीले जनाएको छ । दुर्घटनामा मोटरसाइकल चालक रत्ननगर नगरपालिका–३ का सुबास चौधरी र पछाडी सवार सृजना चौधरी घाइते भएका थिए ।

उनीहरु दुवैलाई उपचारका लागि पुरानो मेडिकल कलेज भरतपुर लगिएको ६:४५ बजेको समयमा सृजनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता सूर्यबहादुर थापाले जानकारी दिए । मोटरसाइकल चालक सुवास सामान्य घाइते छन् । उनको उपचार भइरहेको छ । प्रहरीले ठक्कर दिने ट्याङ्करका चालक र ट्याङ्करलाई नियन्त्रणमा लिएको छ ।