८ बैशाख २०८१, शनिबार

मुग्लिन-नारायणगढ सडकको जाममा ट्रकको क्याबिनभित्रै युवतीमाथि पटक–पटक बलात्कार

naubise jaam
फाइल फोटो

गत असार २७ गते आइतबार एक युवतीलाई चार जना ट्रक चालकले जबरजस्ती करणी गरेका छन् । रुकुम जिल्ला घर भएकी १९ वर्षीय युवतीलाई चार ट्रक चालकले जबरजस्ती करणी गरेका हुन् । २ वर्षीय छोरासहित युवती काठमाडौंको कलंकीमा वुटवल जान बस कुर्दै थिइन् ।

निषेधाज्ञाको कारण काठमाडौं उपत्यकामा लामो दुरीका यातायात कम मात्रामा चलिरहेका थिए । युवती पनि वुटवल जानका लागि बस कुर्दै हात दिंदै थिइन् । तर एउटा पनि बस रोकिएनन् । धेरै समय हात हल्लाउँदा बल्लतल्त ना.५ ख २८७० नम्वरको एउटा ट्रक रोक्यो । युवतीले गाडी नपाएपछि ट्रकमा जाने निधो गरिन । छोरा पनि सानो भएकोले उनलाई वुटवल पुग्न हतार थियो ।

बिहान ट्रक चढेकी उनलाई काठमाडौं नकट्दासम्म त केही समस्या भएन । उनले राजमार्गको यात्रामा सुरक्षित नै होला भन्ने महसुस गरिरहेकी थिइन । तर उनि त्यतिवेला झसङग भइन जतिवेला ट्रकका चालकले गिद्धे नजर लगाए । नारायणगढ मुग्लिन सडक नजिकै रातको समय जामको मौका छोपेर ट्रकका चालक सुनिल महतोले क्याविनभित्रै जबरजस्ती करणी गरे ।

उनले पुनः चितवनको रामनगर आएपछि युवतीलाई करणी गरे । पर्सा बीरगञ्ज महानगरपालिका वडा नं. २१ बस्ने महत्तोले महिलालाई नारायणगढसम्म पु¥याइदिन्छु भनी ट्रकमा चढाएका थिए । तर नारायणगढ मुग्लिन सडकको जामको मौका छोपेर महत्तोले युवतीलाई दुई रात ट्रकमा नै राखे ।

rape arrest

मंगलबार महत्तोले युवतीलाई रामनगरसम्म ल्याई दिउँसो १ बजे पर्सा जिल्लाको पोखरियामा बस्ने २५ वर्षीय शिवबालक महतोको ट्रकमा युवतीलाई चढाईदिए । ना.६ ख.३३६९ नम्बरको ट्रकका चालक शिवबालकले युवतीलाई बुटवल जाने हो भनी बीरगञ्जतर्फ लगे । रातको समयमा बारा जिल्ला स्थित राजमार्गको जङ्गल क्षेत्रमा आइपुगेपछि शिवबालकले ट्रक रोके । शिवबालकले पनि युवतीलाई फेरी पटकपटक करणी गरे ।

पर्सा जिल्ला परवानीपुरस्थित सडकखण्डमा समेत ट्रकभित्रै शिवबालकले युवतीलाई करणी गरे । युवती धेरै रोइन्, कराइन तर उनको बोली ट्रकभित्रै गुन्जिरह्यो । उनीहरुले मानिसहरुको चहलपहल नभएका ठाँउमा,सुनसान जंगलका बाटोहरुमा युवतीलाई करणी गरेका थिए । उनीसंगै २ वर्षीय छोरा पनि रौइरहेको थियो । तर उनलाई बचाउने कोही भएनन् ।

अर्को रात अर्थात बुधबार विहान ८ बजे शिवबालकले सोही ट्रकका सहचालक २७ वर्षीय इन्दल चौहानलाई गाडी चलाई ड्राइपोर्टसम्म पु¥याउन भने । सहचालक चौहानसंगै ट्रकमा पर्साको कटिबलुवा घर बताउने भोला भन्ने ४० वर्षीय व्यक्ति पनि सवार थिए । उनीहरुले पनि युवतीलाई ड्राइपोर्ट–परवानीपुर सडकखण्डको बिचतिर लगेर पालैपालो करणी गरे । त्यसपछि उनीहरुले युवतीसहित २ वर्षीय बालकलाई ड्राइपोर्टमा ल्याई साँझ ५ बजे अलपत्र अवस्थामा छोडे ।

सोही दिन प्रहरी चौकी सिर्सियाबाट गस्तीमा खटिएको टोलीले युवतीको उद्धार गरे । युवतीले आफूमाथि भएको घटनाको विवरण जानकारी गरेपछि प्रहरीले २ वटा ट्रकसहित सुनील महतो र शिवबालक महतोलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता तथा सूचना अधिकारी ओमप्रकाश खनालले दिएको जानकारी अनुसार उनीहरुमाथि जबरजस्ती करणी सम्बन्धी कसूरमा अदालतबाट सात दिन म्याद थप गरी अनुसन्धान अगाडि बढाइएको छ ।

साथै घट्नामा सलंग्न अन्य २ जना व्यक्तिहरुको खोजीकार्य भईरहेको खनालले जानकारी दिए । पर्साको नारायणी अस्पतालमा युवतीको स्वास्थ्य अवस्था परिक्षण गरिएको छ । अस्पतालको रिपोर्ट आउन बाँकी रहेको भएपनि घटनामा संलग्नहरुले स्वीकार गरे अनुसार युवतीको करणी भएको पुष्टि हुने खनालले बताए । जिल्ला स्तरीय लैंगिक हिंसा नियन्त्रण संजाल समितिबाट युवतीलाई राहत उपलब्ध गराएर अहिले पर्सा स्थित माईती नेपाल पर्सामा सुरक्षित राखिएको छ ।

वुटवलको पानी फ्याक्टीमा काम गर्ने उनी निषेधाज्ञाको कारण काम बन्द भएपछि काठमाडौं गएकी थिइन् । त्यहाँ पनि काम नपाएपछि उनी वुटवल नै फर्किन लागेकी थिइन् । सानै उमेरमा विवाह गरेकी उनलाई श्रीमानले छाडेपछि वेसाहारा बनेकी थिइन । उनी आँफै दिनरात काम गरेर छोरालाई हुर्काउदैं आएकी थिइन् । माइतीबाट पनि खासै चासो नदेखाएपछि उनी माइतीको शरणमा गइनन् ।