७ बैशाख २०८१, शुक्रबार

‘शेयर बजारलाई लगानीकर्ता अनुकूल बनाइन्छ’

Janardan Sharma Artha mantr 2

नवनियुक्त अर्थमन्त्री जनार्दन शर्माले शेयर बजारलाई लगानीकर्ता अनुकूल बनाइने बताउनु भएको छ ।

अर्थमन्त्री शर्माले शुक्रवार पत्रकारहरू सँगको भेटघाट कार्यक्रममा शेयर बजारमा के कस्ता समस्या छन् तीनलाई समाधान गर्दै सर्वसाधारण लगानीकर्ता अनुकूल बनाइने बताउनुभयो ।

वार्षिक करिब १४ अर्ब राजस्व उठ्ने क्षेत्र शेयर बजार पनि रहेकोले यस क्षेत्रमा रहेका समस्या समाधान गर्दै सर्वसाधारणको हित हुने गरी विकास गरिने अर्थ मन्त्री शर्माले प्रस्ट पार्नुभयो ।