१३ बैशाख २०८१, बिहीबार

ठाकुर समुह ओलीसँगै रहने, देउवालाई ‘नो भोंट’

Mahantha thakur rajendra mahato laxman lal karna and sarbendra nath sukla 750x375 1

आधिकारिकताको विवादमा रहेको जनता समाजवादी पार्टी (जसपा) को महन्थ समुहले शुक्रवार गरेको सदंसदीय दलको बैठकबाट प्रधानमन्त्री शेरबहादुर देउवालाई मतदान नगर्ने निर्णय गरेको छ ।

बैठकले निवर्तमान प्रधानमन्त्री समेच रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीको साथ नछाडने निर्णय भएको सांसद लक्ष्मण लाल कर्णले जनाए । ओलीले प्रधानमन्त्री देउवालाई सहयोग नगर्ने निर्णय एमाले पार्टीबाट गराए लगतै जसपाको संसदीय दलको बैठकमा देउवालाई समर्थन गर्न नसकिने निर्णय गरिएको छ ।सर्वोच्च अदालतबाट ऐतिहासिक फैसला भएपछि जसपाको ठाकुर समुहले ओलीलाई छाडने चर्चा चलेको थियो । तर उनीहरुले संकटमा रहेका ओलीलाई दिगो साथ दिइरहेको छ ।

जसपाको आधिकारिकता सम्बन्धी विवाद निर्वाचन आयोगमा रहेको बेला ठाकुर समुहले ओलीलाई साथ दिने निर्णय गरेका छन् । ओली प्रधानमन्त्रीबाट नहटेको भए यादवको विपक्षमा फैसला निश्चित रहेको थियो । तर अब यादवको पक्षमा फैसला हुने निश्चित भइसकेको छ । उच्च स्रोतका अनुसार निर्वाचन आयोगले संभवत ः आइतवार नै आधिकारिकताको विवादमा निर्णय आउने सांभवना छ । कार्यकारिणी समितिमा बहुमत नरहेकोले यादवको पक्षमा फैसला जाने अधिकांशको बुझाइ रहेको छ ।

स्रोतहरुका अनुसार आयोगले आइतवार नै दलको आधिकारिकताको निर्णय दिएपछि प्रधानमन्त्री देउवाले विश्वासको मत लिने प्रस्ताव गर्ने छन् ।स्रोतहरुले सत्तारुढ गठबन्धनलाई दृष्टिगतगरि अगाडी बढने तयारी गरिएकोछ । बबरमहलमा बसेको संसदीय दलको बैठकले संसद सशक्त प्रर्तिपक्ष दलको रुपमा एमाले (ओली पक्ष) को साथमा उभिने निर्णय गरेको छ । जसले सुरुदेखि उठाउँदै आएको माग पुरा गराउन पनि संसद तथ सडकबाट सरकारलाई दवाव दिने निर्णय समेत गरेको छ । कार्यकारिणी समितिको बैठक शनिवार बोलाइएको छ ।

ठाकुरले बोलाएका संसदीय दलमा २० जना सांसद छन् । जसपाको हाल मौजुद संसदीय दलमा ठाकुर पक्षका २० जना रहेका छन् । १२ जना मात्र उपेन्द्र यादवको पक्षमा देखिएका छन् । तर कार्यकारिणी समितिमा ठाकुर समुह अल्पमतमा रहेका छन् । निर्वाचन आयोगले कार्यकारिणीको बहुमत सदस्य रहेको समुहलाई नै आयोगले मान्यता दिनेछ । आयोगले प्रतिनिधि सभाको आइतवार देखि सुरु हुने बैठकमा यादव समुहकोसहभागिता थिएनन् । प्रधानमन्त्री देउवाले विश्वासको मतका लागि नहतारिने बताउदै आएपनि साउन ७ गते सम्ममा विश्वासको मत लिने तयारीमा जुटेका छन् ।

देउवा सरकारले संसदमा बहुमत प्राप्त गर्ने छन् । एमालेका अध्यक्ष ओलीकै बोलीमा मिलाएका जसपाकालागि ओलीको पक्षमा रहने अथवा छाडने अवसर थियो ।