१२ बैशाख २०८१, बुधबार

जसपाको दुवै पक्ष निर्वाचन आयोगको फैसला कुर्दै

upendra mahanta
फाइल फोटो

जनता समाजवादी पार्टी(जसपा)का दुवै पक्षको प्राथमिकतामा निर्वाचन आयोगको फैसला नै रहेको छ ।प्रधानमन्त्रीबाट केपी शर्मा ओलीको वहिर्गमनसँगै प्रधानमन्त्री शेरबहादुर देउवाको सरकारमा सहभागि हुने अनुकुल वातावरणलाई जसपाका अध्यक्ष उपेन्द्र यादव समुहले पछाडी राखेका छन् । ओलीलाई हटाएर देउवालाई प्रधानमन्त्री बनाउने समुहका यादवले निर्वाचन आयोगको फैसलापछि मात्र सरकारमा जाने बताउँदै आएका छन् ।‘कतिपय प्राविधिक कारणहरुले तत्कालै सरकारमा जाने पक्षमा छैनौ’ उनले भने, तर सरकारलाई पूर्ण सहयोग र समर्थन रहेको छ । जसपाको कार्यकारिणी समितिको यादव पक्षको बैठकले भने सरकारमा सहभागि हुने निर्णय गरेको छ ।तर तत्कालै सरकारमा सहभागि नहुने कार्यकारिणी समितिका सदस्य रामसहाय यादवले बताए ।‘सरकारमा जाने निश्चित नै छ ’उनले भने, आन्तरिक तयारी भइरहेकाले केहि ढिला हुन सक्छ । निर्वाचन आयोगमा जसपाको आधिकारिकता सम्बन्धी मुद्दाको आइतवारदेखि वहस सुरु हुनेछ ।आयोगले सो दिन इजलास बस्ने बताउँदै दुवै पक्षलाई कानुन व्यवसायी लिएर आउन भनेको छ ।यादव समुहले कार्यकारिणी समितिको बहुमत सदस्य सहित आधिकारिकताको दावी गरेका छन् ।

देशमा सत्ता परिवर्तन भएसँगै जसपाका महन्थ ठाकुर समुहले मुख खोलेको छैन् ।मधेशको सबालमा सरकारको दृष्टिकोण सार्वजनिक भएपछि मात्र समर्थन र बिरोधको धारणा बनाउने ठाकुरले छोटो प्रतिकृया दिएका छन् ।ठाकुर र राजेन्द्र महतो समुहका नेताहरु ओलीको वहिर्गमनपछि निराश भएका छन् ।आयोगले अब आधिकारिकता यादव समुहलाई नै दिनेमा ठाकुर पक्ष विश्वस्त हुन थालेका छन् । ओलीकै कारण तत्कालिन राष्ट्रिय जनता पार्टी(राजपा) र समाजवादी पार्टी मिलेर जनता समाजवादी पार्टी(जसपा)बनेको थियो ।एक वर्ष भित्रै ओलीकै कारण पार्टी बिभाजनको प्रकृयामा अगाडी बढेको छ ।साउन महिना भित्रै आधिकारिकताको टुंगो आयोगले लगाउने संभावना छ । ओलीलाई प्रधानमन्त्री बनाइ राख्न जसपाका ठाकुर समुहले गरेको अन्तिम प्रयास समेत बिफल भएपछि उनीहरुमा निराशा बढेको छ ।ओली हटेसँगै आयोगले सहयोग नगर्ने ठाकुर समुहको आकलन छ ।तर ठाकुर पक्ष भने कुनै चमत्कारबाट सरकारमा जाने विश्वास छाडेका छैनन् ।सर्वोच्च अदालतले ठाकुर समुहबाट मन्त्री बनेकाहरुको नियुक्ती बदर गरेपछि ओलीले उनीहरुको महत्वलाई अत्यन्तै घटाएका थिए ।ओलीले ठाकुर समुहको भन्दा एमालेकै वरिष्ठ नेता माधव कुमार नेपालको समुहलाई फकाउन फाइदाजनक बुझेका थिए । ओली हटिसकेपछि ठाकुर समुहले अभिभावकत्व गुमाएको महसुस गरिरहेका छन् ।ठाकुर समुहमा रहेका सांसद र कार्यकारिणी समिति सदस्यहरु मध्ये केहिले खेमा परिवर्तन गर्न यादव समुहको सम्पर्कमा पुगेका छन् ।उनीहरुलाई आप्mनै खेमामा राखिरहन प्रलोभन दिन अब ठाकुर समुहसित केहि बाँकी छैन् ।

ओली सरकारमा जसपाबाट मन्त्री बनेकाहरु मध्येपनि केहि खेमा परिवर्तनको तयारीमा छन् । राजपालाई उपेन्द्र यादवका सहयोगी हरिनारायण यादवले दर्ताका लागि निवेदन दिइसकेकाले ठाकुर समुहलाई अझ समस्या भएको छ ।उनीहरुले आन्तरिक रुपमा राजपालाई ब्यूताएर अगाडी बढने तयारी गरेका थिए ।तर त्यो दल दर्ताका लागि यादवले रित पूर्वक आवेदन दिइसकेपछि ठाकुर समुहको त्यो प्रयासपनि छेकिएको छ । ओली प्रधानमन्त्री हुँदा किर्ते जालसाजी हस्ताक्षरबाटपनि जसपाको आधिकारिकता पाउने र सो संभव नभए यादव समुहलाई समेत जसपा नदिने निर्वाचन आयोगबाट निर्णय गराउन दवाव बढाएका थिए ।ओली नै हटेपछि जसपाको आधिकारितामा जोड नपुग्ने जसपाका ठाकुर समुहका एकजना उच्च नेताले बताए ।‘बहुमतपनि उनीहरुसित नै छ’ उनले भने, सरकारमा रहेको दलको इशारालाई आयोगलेपनि बुझ्ने भएकाले अब अप्ठ्यारो छ । समाजिक सञ्जालमा बढी सकृय रहने जसपा ठाकुर समुहका युवा नेताहरुले धारणा सार्वजनिक गरेका छैनन् ।आयोगको निर्णय यादवको पक्षमा भए ठाकुर समुहका कयौं प्रदेश सभासदस्यहरु र कार्यकारिणी समितिका सदस्यहरु सहितका ठूलो संख्यामा नेताहरुले साथ छाड्ने छन् ।सो समुहका धेरै नेताहरु ठाकुरको गतिबिधिबाट निराश भएर निर्णयलाई कुरिरहेका छन् । सरकारले विश्वासको मत एमालेको माधवकुमार नेपाल समुहबाट पाउने आश्वास पाएकाले प्रधानमन्त्री देउवाले ठाकुर समुहसित हाल सम्म कुनै संवाद गरेका छैनन् ।

ठाकुर समुहले समेत बधाई दिने औपचारिकता निर्वाह गरेका छैनन् ।ठाकुर समुहले ओलीले गरेको संसद विघटनको पक्षमा लागेका थिए ।संविधानको धारा ७६को ५ बमोजिम ओलीलाई प्रधानमन्त्रीमा नियुक्त गराउन ठाकुर र महतो मध्यराती राष्ट्रपति भवन पुगेर हस्ताक्षर गरेका थिए । परिस्थिति फेरिएपछि पनि यादव समुहले ठाकुर समुहका केहि सांसद र कार्यकारिणी समितिबाट नहटाउने नीति लिएका छन् ।ठाकुर समुहले आफ्ना सांसदहरुलाई यादव समुहले दवाव र लोभ दिइरहेको आरोप लगाएका छन् ।नेतृ रेणु यादव, सांसद प्रदिप यादव र इस्तियाक राइनलाई सांसदहरुलाई फुटाउन परिचालन गरिएको ठाकुर समहको आरोप छ । निर्वाचन आयोगमा आइतवारदेखि हुने सुनवाईपछि आउने निर्णय आफ्नो पक्षमा रहनेमा यादव समुह विश्वस्त रहेका छन् ।