७ बैशाख २०८१, शुक्रबार

मकवानपुरमा जारी निषेधाज्ञा एक साता थपियो

jilla prasasan 1024x682 1

मकवानपुरमा जारी रहेको निषेधाज्ञा एक साता थपिएको छ । बिहीबार बसेको जिल्ला कोभिड व्यवस्थापन समितिको बैठकले जिल्लामा सक्रिय सङ्क्रमितको सङ्ख्यामा कमी नआएकोले असार ३१ बिहीबार राति १२ बजेसम्म कायम गरिएको निषेधाज्ञा पुनः एक साता थप गर्दै साउन ७ गतेसम्म थप गरिएको हो । 

निषेधाज्ञा थप गरे पनि निषेधाज्ञाको स्वरूप भने परिवर्तन गरी बजार खोल्न समय थप गरिएको प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले बताउनुभयो । अब खाद्यान्न पसल बिहान ११ बजे सम्म खोल्न पाइने छ , भने गैर खाद्यान्न पसल ११ बजे देखी साँझ ६ बजे सम्म खोल्न पाइने प्रजिअ पाण्डेले बताउनुभयो । सार्वजनिक सवारी साधनमा भने बिहान ६ बजे देखी साँझ ७ बजे सम्म सञ्चालन गर्न पाइने तथा बाँकी अन्य निर्णय भने पुरानै कायम रहने उहाँले बताउनुभयो । 

यस अघि बिहान ४ बजेबाट १० बजेसम्म खोलिँदै आएको खाद्यान्न, फलफूल तथा मासु पसल १ घण्टा थप गरी ११ बजेसम्म खोल्न पाइने भएको छ । भने रेष्टुरेन्ट, मोबाइल, स्टेश्ननरी, कपडा सहित खोल्न अनुमति दिइएको पसल २ घण्टा अर्थात् साँझ ६ बजेसम्म  खोल्न पाइने भएको छ । त्यसै गरी बिहान ६ बजेदेखि साँझ ६ बजेसम्म  सञ्चालनका लागि अनुमति दिइएको सार्वजनिक यातायातको हकमा भने १ घण्टा थप गर्दै ७ बजेसम्म पुर्‍याइएको उहाँले बताउनुभयो ।