१३ बैशाख २०८१, बिहीबार

जारी निषेधाज्ञालाई काठमाडौँ उपत्यकामा १० दिन थपियो, के खुल्ने–के नखुल्ने ? (विज्ञप्तिसहित)

CDO KTM1616607651

कोभिड–१९ संक्रमण रोकथामका लागि काठमाडौँ उपत्यकामा जारी निषेधाज्ञालाई साउन १० गतेसम्म थप गरिएको छ ।

काठमाडौँ, भक्तपुर र ललितपुरका तीन वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको आज बसेको संयुक्त बैठकले १० दिन निषेधाज्ञा थप गर्दै अझ खुकुलो बनाउने निर्णय गरेको हो ।

बैठकले औषधी तथा स्वास्थ्य सामग्री सम्बन्धी पसल जुनसुकै समयमा निर्बाध रुपमा सञ्चालन गर्ने पाइने, सबै प्रकारका पसल तथा व्यवसायहरू साँझ ७:०० बजेसम्म सञ्चालन गर्न पाइने  निर्णय गरेको छ ।

पसल तथा व्यवसाय सञ्चालन गर्दा कम्तीमा २ मिटरको भौतिक दूरी कायम गर्ने, अनिवार्य रुपमा स्यानिटाइजर व्यवस्था गर्ने र स्वास्थ्य मापदण्ड पालना गर्नुपर्ने  यदि तोकेबमोजिम स्वास्थ्य मापदण्ड परिपालना नगरेको अनुगमनको क्रममा भेटिएमा पसल तथा व्यवसाय तत्काल बन्द गर्न सकिने जनाइएको छ । 

अत्यावश्यक वस्तुहरूको अनलाइन अर्डर, रेष्टुरेण्ट एवं फास्ट फुड तथा अन्य अर्डरहरू टेक अवे वा होम डेलिभरी प्रयोजनका लागि काठमाडौँ उपत्यकाभित्र साँझ ७:०० बजेसम्म सञ्चालन गर्न पाइने निर्णय गरिएको तीन वटै जिल्लाका प्रमुख जिल्लाहरूद्वारा जारी विज्ञप्तिमार्फत उल्लेख गरिएको छ । 

त्यसै गरी काठमाडौँ उपत्यकाभित्र सञ्चालन हुने सार्वजनिक सवारी साधनहरू स्वीकृत सिट क्षमताअनुसार यसअघि तोकिएका स्वास्थ्य मापदण्ड पालना गर्ने गरी सञ्चालन गर्ने, कुल स्वीकृत सिट क्षमताभन्दा बढी यात्रु नराख्ने निर्णय गरेको छ । 

त्यस्तै काठमाडौँ उपत्यकामा अत्यावश्यक काम विशेषले प्रवेश गर्ने सार्वजनिक तथा निजी सवारी साधनहरूलाई आवत जावत गर्न दिइने, सार्वजनिक तथा निजी निर्माण कार्यको लागि निर्माण सामग्री ढुवानी बेलुका ९ बजेदेखि बिहान ५ बजेसम्म सञ्चालन गर्ने,सवारी साधन प्रयोग गर्दा स्वास्थ्य मापदण्डको अनिवार्य रुपमा पालना गर्नुपर्ने र काठमाडौँ आउन जिल्ला प्रशासन कार्यालयको पास नचाहिने भएको छ । 

dao1
dao2