१४ बैशाख २०८१, शुक्रबार

मकवानपुरको भीमफेदी बस दुर्घटनामा निधन हुनेको संख्या ७ पुग्यो

Acciden makwanpur Bhimphedi

मकवानपुरको भीमफेदी गाउँपालिका –६ स्थित जुरिखेतमा बस दुर्घटना हुँदा सात जनाको निधन भएको छ । काठमाडौंबाट हेटौँडा आउदैगरेको ना ३ ख ७८५८ नं. को मिनीबस बिहीबार दिउँसो जुरिखेतको घुम्तीमा दुर्घटना भएको हो ।

दुर्घटना परी ६ जनाको घटनास्थलमा र एक जनाको भीमफेदी प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारको क्रममा निधन भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

दुर्घटनामा परी घाइते भएका १८ जनाको भीमफेदी प्राथमिक स्वास्थ्य केन्द्र र हेटौँडा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

बस काठमाडौंबाट वीरगन्जका लागि छुटेको प्रहरीले जनाएको छ । दुर्घटनामा घाइते भएकाहरूको प्रहरी र स्थानीयले उद्धार गरी उपचारका लागि अस्पताल लगिएको स्थानीयले बताएका छन् ।