१३ बैशाख २०८१, बिहीबार

नेपाली महिला क्रिकेट आईसीसी बरियतामा यथावत

nepali women cricket

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले सार्वजनिक गरेको टी–ट्वान्टी क्रिकेटको महिला बरियतामा नेपाल यथावत स्थानमा रहेको छ ।

आईसीसीले सार्वजनिक गरेको नयाँ बरियतामा नेपाल १४ औँ स्थानमा यथावत रहेको हो । यसअघि सार्वजनिक गरेको अघिल्लो बरियतामा पनि नेपाल १४ औँ स्थानमै रहेको थियो ।

नयाँ बरियतामा नेपालले २० खेलमा १२९ रेटिङ अङ्क प्राप्त गरेको छ । महिला बरियताको शीर्ष स्थानमा अष्ट्रेलिया छ भने दोस्रो स्थानमा न्युजिल्यान्ड छ । त्यसैगरी  इंग्ल्यान्ड  तेस्रो, भारत चौँथो तथा वेस्टइन्डिज पाँचौं स्थानमा छ । नेपाली महिला टोलीले गत मङ्सिरमा नेपालमा नै आयोजना भएको १३औँ दक्षिण एसियाली खेलकुद (साग) पछि कुनै पनि अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाएको छैन । रासस