७ बैशाख २०८१, शुक्रबार

गठबन्धनको बैठक सिंहदरबारमा, माधव नेपाल अनुपस्थित

60f02c9a057b0 satta ghatbhandan

सत्तारुढ गठबन्धनको बैठक केही बेर अघिबाट सिंहदरबारमा शुरू भएकाे छ। बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सहभागी रहनु भएको छ ।

यसै गरि बैठकमा राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी, जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादव पनि सहभागी हुनुभएको छ । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल भने गठबन्धनको बैठकमा सहभागी नहुनु भएको नेपालका स्वकीय सचिव मोहन गौतमले गोरखापत्र अनलाइनलाई जानकारी दिनुभयो ।