१३ बैशाख २०८१, बिहीबार

सरकारले बोलायो साउन ३ गते प्रतिनिधिसभाको बैठक

deuba cabinet

सरकारले संसद बैठक बोलाउन सिफारिस गरेको छ । सरकारले साउन ३ गते प्रतिनिधिसभाको बैठक बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।

गृहमन्त्री बालकृष्ण खाँणका अनुसार आज बसेको मन्त्रिपरिषद बैठकले सो बैठक बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो

जेठ ७ गते तत्कालीन मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरी मध्यावधि निर्वाचन घोषणा गरेकी थिइन् । तर सर्वोच्च अदालतले संसद पुनर्स्थापना हुने फैसला सुनाउँदै साउन ३ गतेभित्र प्रतिनिधिसभाको बैठक बोलाउन आदेश दिएको थियो । मंगलबार शेरबहादुर देउवाले प्रधानमन्त्रीको रूपमा शपथ खाएका थिए ।