१७ बैशाख २०८१, सोमबार

जन्मकैदको सजाय पाएका फरार प्रतिवादी ३४ बर्ष पछि पक्राउ

pakrau 750x375 1

कर्तव्य ज्यान मुद्दामा जन्मकैदको सजाय पाएका फरार प्रतिवादी ३४ वर्षपछि पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा धनुषाको सवैला नगरपालिका वडा नम्बर २ वस्ने वर्ष ७० का विकरू यादव रहेका छन् । कर्तव्य ज्यान मुद्दामा सर्वोच्च अदालत काठमाण्डौले २७ चैत २०४३ मा यादवलाई जन्म कैद (२० र्वा) फैसला सुनाएको थियो । तर हालसम्म फरार रहेका यादवलाई बुधबार दिउँसो औरही गाउँपालिका १ पौडेश्वर स्थित खेतमा काम गरिरहेको बेला पक्राउ गरेको हो । उनलाई जिल्ला अदालत धनुषामा हाजिर गारइएको छ । अदालतले जन्मकैद (२० वर्ष) का लागि झुमका कारागार पठाउने आदेश दिएको छ । उनलाई कारागार तर्फ पठाउने पहल भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।