१५ बैशाख २०८१, शनिबार

विप्लवलाई सीता दाहालले चिनेपछि गहँभरी आँसु

216288603 10215292153857222 4311336208275580878 n

बुधबार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भेट्न उनकै निवास खुमलटारमा पुगेका थिए, नेकपा महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ । भेटमा ओली सरकारसँग गरिएको ३ बुँदे सहमति कार्यन्वयनका विषयमा अध्यक्ष प्रचण्डसँग घनिभूत छलफल भयो । छलफलमा प्रचण्डले विप्लवको प्रस्तावलाई सहयोगमात्र होइन कार्यान्व्यन नै गर्ने आश्वासन दिए । प्रचण्डको आश्वासनले विप्लव पनि आशावादी बने । विप्लसँगै प्रचण्डलाई भेट्न नेता धर्मेन्द्र बाँस्तोला पनि खुमलटार पुगेका थिए ।

गत फागुन २१ गते सरकार र विप्लव पक्षबीच ३ बुँदे सहमति भएको थियो । सहमतिबमोजिम बन्दीमा रहेका सबै नेता तथा कार्यकर्ता रिहा गर्ने भनिएको थियो । तर, हासम्म उक्त सहमति कार्यान्वयनमा आएको छैन । ओली सरकार बहिर्गमन भएपछि गठबन्धनसहित देउवा सरकारको आगमनसँगै विप्लव सरकारसँग भएका यीनै सहमति कार्यान्वयन गर्न प्रचण्डसँग भेट गर्न खुमलटार पुगेका थिए ।

कुराकानीका क्रममा ३ बुँदे सहमतिसँगै पूर्वमाओवादीहरु एक हुनुुपर्ने विषय पनि उठान भयो । यसमा दुई नेताबीच गम्भीर छलफल भयो । कुराकानीपश्चात् अन्तमा विप्लवले प्रचण्ड पत्नी सीता दाहालसँग भेट गरिन् । सुरुमा त सीताले विप्लवलाई चिन्न सकिनन् । तर, विप्लवले आफ्नो परिचय दिएपछि सीताले उनलाई ठम्याइन् र गहँभरी आँसु पारिन् ।

त्यसपछि विप्लव पनि भावुक बने । केही भन्न सकेनन्, सीताको अवस्था देखेर । प्रतण्ड पत्नी सीता लामो समयदेखि प्रोग्रेसिभ सुप्रान्युक्लियर पाल्सी (पीएसपी) बाट ग्रसित छिन् । उनका उपचारका लागि कयौँ कोसिस गरिए । उनको अवस्थामा केही सुधार भए पनि पछिल्लो समय उनी बोल्न र कसैलाई हत्तपत्त चिन्न सक्दिनन् ।