१४ बैशाख २०८१, शुक्रबार

दश लाख धरौटीमा विजय गच्छदार रिहा

vijay

विशेष अदालतले बालुवाटार जग्गा प्रकरण मुद्दामा नेपाली काँग्रेसका उपसभापति विजयकुमार गच्छदारलाई १० लाख धरौटीमा रिहा गरेको छ ।

ललिता निवासको जग्गा व्यक्तिको नाममा दर्ता गरेको अभियोग लागेपछि लामो समय फरार रहेका गच्छदार आज विशेष अदालतमा उपस्थित भएकोमा विशेष अदालतका अध्यक्ष न्यायाधीश प्रेमराज कार्की, न्यायाधीशहरू अब्दुल अजिज मुसलमान र नित्यानन्द पाण्डेको इजलासले १० लाख रुपैयाँ धरौटीमा रिहा गर्ने आदेश दिएको विशेष अदालतले जनाएको छ ।