६ जेष्ठ २०८१, आईतवार

गैँडाको आक्रमणबाट महिला घाइते

215435829 1984533461705594 5775219299465897950 n

पश्चिम चितवनका उजेली नगरमा गैंडाको आक्रमणबाट एक महिला घाईते भएकी छन् । भरतपुर महानगरपालिमा बस्ने ४२ वर्षीय सुनिता परियालाई गैंडाले आक्रमण गरेको हो । भरतपुर १३ उजेलीनगर स्थितमा रहेको बाटुलिपोखरी वनभित्र घाँस काट्न गएको समयमा परियारलाई गैंडाले आक्रमण गरेको थियो ।

आज बिहान ९ बजे परियारलाई गैंडाले आक्रमण गरेको हो । इलाका प्रहरी कार्यालय गीतानगरबाट प्र.नि.को कमान्डमा खटेका टोलीहरुले परियारलाई उद्दार गरेका थिए । उनलाई उपचारको लागि चितवन मेडिकल कलेजमा पठाईएको प्रहरीले जानकारी दिएको छ ।