२४ बैशाख २०८१, सोमबार

सरकारी निवास बालुवाटार ओलीले छोड्ने, दुई हजार गाडी र तीन हजार मोटरसाइकलको स्कर्टिङको तयारी

Nepal politics Oli Deuba NT 1 1140x570 1

निवर्तमान प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज सरकारी निवास बालुवाटार छोड्नुहुने भएको छ ।

झण्डै साँढे तीन वर्षपछि ओलीले बालुवाटार छोड्न लाग्नुभएको हो । उहाँ विहान ११ बजे निजी निवास भक्तपुरस्थित बालकोट जाने तय भएको बताइएको छ । ओलीलाई भातृ संगठन युथ फोर्स र राष्ट्रिय युवा संघ नेपालले स्कर्टिङ गरेर बालुवाटारदेखि बालकोटसम्म पुर्याउने कार्यक्रम तय गरिएको छ । महेश बस्नेतको संयोजनमा दुई हजार गाडी र तीन हजार मोटरसाइकलले ओलीलाई स्कर्टिङ गरेर बालकोट पुर्याउने कार्यक्रम तय भएको हो । ओली मंगलवार नै सिंहदरवारबाट विदा भैसक्नुभएको छ ।

सोमबार सर्वोच्च अदालतले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश जारी गरेपछि देउवा संविधानको धारा ७६ को ५ अनुसार प्रधानमन्त्रीमा मंगलबार नियुक्त हुनुभएको छ ।