१२ बैशाख २०८१, बुधबार

जसपा सरकारमा जाने निर्णय-सरकारले मधेश मुद्दा सम्बोधनको प्रतिबद्धता जनाउनु पर्ने शर्त

Jasapa meeting

जनता समाजवादी पार्टी( जसपा) नेपाल उपेन्द्र यादव समुहले नेपाली काँग्रेस नेतृत्वका सरकारमा सहभागी हुने निर्णय गरेको छ ।

प्रधानमन्त्रीमा काँग्रेस सभापति शेरबहादुर देउवा नियुक्त भए लगतै पार्टी कार्यालय बालकुमारीमा मंगलवार बसेको कार्यकारिणी समितिको बैठकले सो निर्णय गरेको हो । ‘काँग्रेस नेतृत्वको सरकारमा जसपा सहभागि हुन्छ’ कार्यकारिणी समितिका सदस्य रामसहाय यादवले भने, तर त्यसका लागि प्रधानमन्त्रीले मधेशको मुद्दा सम्बोधन गर्ने प्रतिबद्धता जनाउनु पर्छ ।संविधान संशोधन, झुठा मुद्दा फिर्ता, ेशम चौधरीको रिहाईका लागि सरकारले प्रतिबद्धता जनाएपछि पार्टी सरकारमा जाने निर्णय भएको उनले बताए । ‘जसपा सरकारमा जान्छ तर तत्कालै जाँदैन’ उनले भने, निर्वाचन आयोगमा पार्टीको मुद्दा विचाराधीन रहेको अवस्थाका कारणपनि सरकारमा जान हतार छैन् । ‘काँग्रेसका सभापति शेरबहादुर देउवा सरकारले कस्तो कार्यक्रमहरू तय गर्छ, त्यसलाई पनि जसपाले हेर्छ । आफूहरूका मुद्दालाई सरकारले कसरी सम्बोधन गर्ने लगायतका विषयमा छलफल गरेर मात्र सरकारमा जाने निर्णय हुनेछ ’ उनले भने , केहि प्राविधिक समस्याहरुपनि देखिएकाले सरकारमा तत्कालै गइहाल्ने अवस्था छैन् । प्रधानमन्त्रीबाट प्रतिबद्धता आएपछि मात्र सरकारमा सहभागि हुने भएकाले हाल कतिवटा मन्त्रालय लिने र कुनकुन लिने विषयमा छलफल हुने उनले बताए ।

निवर्तमान प्रधानमन्त्री ओलीलाई हटाएर देउवालाई प्रधानमन्त्री बनाउने अभियानमा सकृय रहेका यादव समुहले सरकारमा सहभागि हुन मधेश मुद्दा सम्बोधनको प्रतिबद्धता आए सरकारमा जाने सुरक्षित माहौल बनाउन खोजेकोछ । निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारमा सहभागि भएका जसपा महन्थ ठाकुर–राजेन्द्र महतो समुहका मन्त्रीहरुलाई १८ दिनमै सर्वोच्च अदालतले बर्खास्त गरिदिएको थियो ।त्यसबाट यादव पक्षले शिक्षा लिए जस्तो छ । निर्वाचन आयोगमा दलको आधिकारिकता सम्बन्धी मुद्दा विचाराधिन रहेको र साउन ३ गतेदेखि इजलासमा वहस हुने निर्धारण भइसकेको अवस्थामा सरकारमा जाँदा अप्ठ्यारो हुन सक्ने यादव पक्षको चिन्ता छ । ओली पक्षधर प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरुले विपरितमा निर्णय गर्न सक्ने आशंका रहेको बेला जसपाका यादव समुह सचेत छन् ।स्रोतका अनुसार यादव समुहले ठाकुर–महतो तर्फ गएका सांसदहरुलाई समेत प्रभावित गर्न तत्कालै सरकारमा जान चाहेको छैन् । यादव पक्षका ४ जना र राजकिसोर यादव समुहलाई समेत ठाकुर–महतो पक्षबाट अलग्याउन रणनीति बनाइएको छ ।