२८ श्रावण २०७९, शनिबार

प्रधानमन्त्री देउवालाई पहिलो बधाई माधवकुमार नेपालको, हात मिलाएरै बधाई दिए

deuba nepal BB6lyANHLY

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री पदमा शपथ ग्रहण गर्नुभएको छ । राष्ट्रपति निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीले देउवालाई शपथ ग्रहण गराउनुभएको हो ।

शपथपछि उद्घोषकले प्रधानमन्त्री देउवालाई सामाजिक दुरी कायम गरेर बधाई दिन भनेका थिए । बधाई दिने पहिलो व्यक्ति बन्नुभयो नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल ।

माधव नेपालले देउवासँग हात मिलाएरै बधाई दिनुभएको हो । माधवकुमार नेपाल पक्षकै २६ जना सांसदको हस्ताक्षरको सहयोगमा देउवा प्रधानमन्त्री बन्नुभएको हो ।