२३ बैशाख २०८१, आईतवार

कुन लोकतन्त्रमा एउटै पार्टीका सांसद सत्तापक्ष र प्रतिपक्ष हुन्छ ?

pm in live oli

निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्च अदालतले संविधानको अपव्याख्या गरेको बताएका छन् । मंगलबार प्रधानमन्त्रीबाट बिदा हुने क्रममा देशवासीको नाममा सम्बोधन गर्दै सर्वोच्चको फैसलाले राज्यका ३ अङ्गको सम्बन्ध खलबलिएको बताए । उनले सो फैसलाबाट कसैलाई विजेताको भाव उत्पन्न भए पनि त्यो क्षणभङ्गुर हुने दाबी गरे ।

तर फैसलाको पालना गर्न पार्टी स्पष्ट रहेको पनि उनले बताए । उनले नेपाली जनताको बलिदानबाट प्राप्त लोकतन्त्रको संरक्षणमा चिन्तित रहेको बताउँदै अदालतको फैसलामा आफूलाई अलोकतान्त्रिक देखाएको भन्दै आश्चर्य व्यक्त गरे ।

उनले भने–‘हाम्रो मुख्य चिन्ता राज्यका ३ अङ्गको सम्बन्ध खलबलिएर लोकतन्त्रमा असर पर्ने हो कि भन्नेमा छ । ७ दशकदेखि नेपालको लोकतान्त्रिक आन्दोलनको विशेषता दलीय व्यवस्था पनि हो । जनताले राजनीतिक दलका घोषणा पत्र हेरेर अभिमत दिएर सत्तामा पु¥याउँछन् । तर निर्वाचित भएको व्यक्तिलाई जुनसुकै पार्टीका उम्मेदवार भएको व्यक्तिलाई सत्तामा जान जसले पनि मतदान गर्न सक्छन्, त्यस्तो गर्दा उनीहरूमाथि कुनै ह्वीप लाग्दैन जस्ता कुरा र सांसदहरू दलका प्रतिनिधि मात्र हैनन् जस्ता व्याख्या यसले दलीय व्यवस्थालाई पनि चुनौती दिएको छ । एउटै पार्टीका सांसद सत्तापक्ष र प्रतिपक्ष कुनै पनि लोकतान्त्रिक प्रणालीले गर्दै गर्दैन ।’

उनले निश्चित व्यक्तिको निश्चित स्वार्थका लागि सर्वोच्चले संविधानको अपव्याख्या गरेको आरोप समेत लगाए ।