२१ बैशाख २०८१, शुक्रबार

आजै प्रधानमन्त्रीमा देउवालाई नियुक्त गरिदै, सपथ ग्रहणकाे समय टुङ्गाे हुन बाँकी

KP Sharma Oli Sher Bahadur Deuba Ram Chandra Paudel
फाइल फोटो

सर्वोच्च अदालतको आदेशअनुसार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आज प्रधानमन्त्री पदमा नियुक्त हुनुहुँदै छ । राष्ट्रपति विद्यादेवी भण्डारीका सूचना तथा सञ्चार विज्ञ सल्लााहकर टिका ढकालले सर्वोच्चको आदेश अनुसार कांग्रेसका सभापति देउवालाई आज प्रधानमन्त्रीमा नियुक्त गर्न लागेको बताउनुभयो ।

उहाँले यसबारे मध्यान्हसम्म विस्तृतमा आउने बताउनुभयो । ‘आज नियुक्ति मात्र भएर शपथ ग्रहण अरु कुनै बेला पनि हुन सक्ने भो । अब नियुक्ति र शपथ एकै चोटि पनि हुन सक्ने भो,’ उहाँले गोरखापत्र भन्नुभयो, ‘नियुक्ति भयो भने शपथ ग्रहण प्रधानमन्त्रीले के भन्नुहुन्छ त्यो अनुसार हुन्छ । हामीले शपथ तोक्ने होइन् ।’

उहाँले थप्दै भन्नुभयो, ‘प्रधानमन्त्रीमा नियुक्त भएसकेपछि शपथ ग्रहण फलानो समयमा राखौं भन्ने हुन्छ । त्यसपछि मात्रै शपथ ग्रहण हुन सक्ने समय तय हुन्छ । अब हैन आजै नियुक्ति आजै शपथ भन्नुभयो भने आजै पनि हुन सक्छ ।’

सोमबार सर्वोच्च अदालतले मंगलबार ५ बजेभित्र देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश दिएको थियो । सोही परमादेशअनुसार देउवालाई आज प्रधानमन्त्रीमा नियुक्ति गर्न लागिएको हो । संविधानको धारा ७६ को उपधारा ५ अनुसार देउवा प्रधानमन्त्रीमा नियुक्त हुनुहुने छ ।कांग्रेस सभापति देउवा यसअघि चार पटकसम्म प्रधानमन्त्री बनिसक्नुभएको छ भने यो उहाँको प्रधानमन्त्रीको रुपमा पाँचौ पटक हो ।