२४ बैशाख २०८१, सोमबार

अदालतलाई प्रभावित बनाउने गरी कुनै सहमति हुँदैन: माधव नेपाल

madhav kumar nepal
फाइल फोटो

एमाले वरिष्ठ नेता माधवकुमार नेपालले सर्वोच्च अदालतमा विचाराधिन रिटलाई प्रभावित पार्ने कुनै पनि सम्झौता नगर्ने दाबी गरेका छन् । बिहान आफ्‍नो समूहका कार्यदल सदस्यहरूसँग नेता नेपालले अदालतमा विचाराधिन रिटलाई प्रभावित पार्ने कुनै पनि सम्झौता नगर्ने बताएका हुन् ।

कार्यदलका सदस्यहरू सहमतिका लागि तयार पारेको मस्यौदामा नेपालको सहमति खोज्‍न बिहान नेपाल निवास पुगेका थिए । मस्यौदामा अदालतमा विचाराधिन रिट प्रभावित पार्ने शव्दावलीमा सम्झौता नगर्ने भन्दै फर्काएका हुन् ।

शनिबार कार्यदलले तयार पारेको मस्यौदामाथि सहमति जुटाउन आफ्नो निवासमा आएका आफ्‍नो समूहका कार्यदल सदस्यहरूलाई शब्दावलीमा असहमति जनाएर फिर्ता पठाएका हुन् । ‘अदालतलाई प्रभावित बनाउने गरी कुनै सहमति हुँदैन । हस्ताक्षर फिर्ता हुन सक्दैन । यो मेरो बटमलाइन हो’, नेता नेपालले भने । कार्यदलका सदस्यहरुले बिहान नेता नेपालसँग छलफल गरेका थिए ।