२३ बैशाख २०८१, आईतवार

किर्ते पास बनाएर बस चलाउने पक्राउ

jitpur pakrau 743x375 1

ईलाका प्रहरी कार्यालय सिमरा बाराले किर्ते पास बनाउने एक जनालाई पक्राउ गरेको छ ।

प्रहरीले सवारी चेकजाँचको क्रममा पथलैयाबाट राम लखन साहलाई पक्राउ गरेको हो । जनकपुरबाट पोखराको लागी छुटेको बा५ख ८३१ नम्बरको यात्रुबाहक बसका संचालक साहलाई किर्ते पास बनाएको आरोपमा नियन्त्रणमा लिईएको ईलाका प्रहरी कार्यालय सिमराका प्रहरी नायब उपरिक्षक मनोजित कुवरले जानकारी दिए । जनकपुर उप– महानगरपालिका वडा न.२३ बस्ने साहले जिल्ला प्रशासन कार्यालय धनुषाको छाप किर्ते गरी बस चलाउदै गरेको अवस्थामा नियन्त्रणमा लिईएको थियो । प्रशासन कार्यालयको पत्र शंका लागि जिल्ला प्रशासन कार्यालय धनुषासंग समन्वय गर्दा शाहले किर्ते गरेको थाहा भएको हो । पक्राउ परेका शाहका बिषयमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।