१३ बैशाख २०८१, बिहीबार

सबै विषयमा समझदारी बन्यो, भोलि सुखद समाचार सुन्न पाउनु हुने छ : विष्ट

uml 6 leader

नेकपा एमाले पार्टी भित्रकाे समस्या समाधान गर्न गठित कार्यादलले भोलि औपचारिक रुपमा पार्टी भित्र समझदारी कायम गर्ने दस्तावेजलाई सार्वजनिक गर्ने बताएको छ । आजको बैठकपछि पत्रकाहरुसँग कुरा गर्दै कार्यदलका सदस्य गोकर्ण विष्टले समस्या लगभग समाधानको अबस्थामा पुगेको र अब त्यसलाई भोलि औपचारिता दिन मात्र बाँकी रहेको बताउनुभयो ।

उहाँले भन्नुभयाे, कार्यदलभित्र लगभग सबै कुरा मिलेको छ यसलाई आज औपचारिकता दिन सकिएन भोलि तपाइँहरुले सुखद समाचार सुन्न पाउनु हुन्छ । कार्यदलका सदश्य विष्टले आन्तरिक विवाद मिलाउन दुई पक्षका नेताहरुको मनोविज्ञान बुझन समय लागेको भएता पनि विश्वासको अन्तिम अवस्थामा पुगेको जानकारी दिनुभयो ।

आम जनता र पार्टीका सवै कार्यकर्ता पार्टी एकताको चाहनामा रहेको समेत उहाँले बताउनुभयो । नेता डा.भीमबहादुर रावलले दलमा देखिएको समस्या समाधानको अन्तिम विन्दुमा पुगेको र चाँडै सहमतिको निष्कर्षमा पुग्ने बताउनुभयो ।

बैठकमा एमाले नेता सुवास नेम्वाङ, विष्णुप्रसाद पौडेल, घनश्याम भुसाल, प्रदीपकुमार ज्ञवाली, सुरेन्द्रप्रसाद पाण्डेलगायत नेता सहभागी हुनुहुन्थ्यो । एमालेभित्र देखिएको विवाद समाधान गर्न लगातार कार्यदलको बैठक बसिरहेको छ । कार्यदलको आजको बैठक साँझ करिब पाँच बजे शुरु भएको थियो ।