१७ बैशाख २०८१, सोमबार

सेतीदोभानमा चट्टानसहितको पहिरो खस्यो, नारायणग-मुग्लिन सडकखण्ड पुनःअबरुद्ध

211050015 278114667443623 4144382768848382432 n

नारायणगढ–मुग्लिन सडकखण्ड पुनः अबरुद्ध भएको छ । गयराती ८ बजे भरतपुर महानगरपालिका २९ सेतीदोभानमा चट्टानसहितको पहिरो खसेपछि सडक अबरुद्ध भएको हो । जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख ओमप्रसाद अधिकारीका अनुसार बिहानैदेखि दुईवटा जेसिभी प्रयोग गरेर पहिरो पन्छाउने काम भइरहेको छ । जेसिभीले ढुंगा पन्छाउन नसके ग्रेडरले फुटाउनुपर्ने भएमा सडक संचालन हुन समय लाग्ने उहाँले बताउनुभयो ।

हिजो विहान ९ बजेदेखि एकतर्फी रुपमा संचालनमा आएको सडक साँझ ६ बजेदेखि दुईतर्फी संचालनमा आएको थियो । सडकखण्डको सो क्षेत्रमा पहिरो र ढुङ्गा खस्ने क्रम भने रोकिएको छैन । सडकखण्डमा एक सातादेखि निरन्तर पहिरो खसिरहेको छ । पहिराको कारण सडक पटक–पटक अवरुद्ध हुँदै आएको छ । पहिराले सयौँ सवारी साधन रोकिएका छन् ।

212711254 201026125276575 2796890020427602576 n
211298069 172700008104316 8127656027784237948 n
211245404 325721572555645 6677605230363407646 n
211244769 973243533496020 6005706797434091865 n
211050015 278114667443623 4144382768848382432 n 1
211105811 380472860351406 3333304221195701445 n